आयोजकलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको फाइनलमा
सोमबार, १५ फागुन २०७९, १८ : २०
काठमाडौँ । मच्छिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।
एन्फा कम्प्लेक्समा मच्छिन्द्रलाई जित दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरे । विमलले खेलको १९ औँ मिनेटमा गोल गरेका थिए ।
अब मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।
सातदोबाटो त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगेकाे हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण