आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आयोजकलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको फाइनलमा

सोमबार, १५ फागुन २०७९, १८ : २०
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । मच्छिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।

एन्फा कम्प्लेक्समा मच्छिन्द्रलाई जित दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरे । विमलले खेलको १९ औँ मिनेटमा गोल गरेका थिए ।

अब मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

सातदोबाटो त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल पुगेकाे हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप