यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबीचको खेल आज
मङ्गलबार, १६ फागुन २०७९, ०९ : १८

युएई । युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ ।
नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट शुरु हुनेछ । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेलमा नेपालले शुक्रवार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।
मलेसियाले भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा
-
आईपीओ विवाद : धितोपत्र बोर्डले प्रक्रिया पूरा नगरेका कम्पनीको नाम छुट्टै सार्वजनिक गर्ने
-
हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग
-
राष्ट्रिय युवा सङ्घ नेपालकाे विशेष परिपत्र : अधिवेशन नभएका जिल्ला स्वतः आयोजक कमिटीमा रूपान्तरण
-
एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गरौँ : सिके राउत
-
प्रधानमन्त्री र ‘कोरिया रेलरोड कर्पाेरेशन’ प्रमुखबिच भेटवार्ता