न्युजिल्याण्डद्वारा इंग्ल्याण्ड एक रनले पराजित
वेलिङटन । इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा न्युजिल्याण्ड एक रनले विजयी भएको छ । दोस्रो पारीमा इंग्ल्याण्डलाई २५६ रनमा रोक्दै न्युजिल्याण्डले रोमाञ्चक जीत हासिल गरेको हो ।
जीततर्फ अग्रसर इंग्ल्याण्डलाई रोक्न निल वागनरले ४ तथा टिम साउथीले ३ विकेट लिए । म्याट हेनरीले इंग्ल्याण्डका २ जना ब्याट्सम्यानलाई पभेलियन फर्काए । जो रुटको ९५ रन बनाएपनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । कप्तान बेन स्टोक्सले ३३ तथा बेन फोक्सले ३५ रनले बनाए ।
पहिलो पारीमा ८ विकेटको क्षतिमा ४३५ रन बनाउँदै इंग्ल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । न्युजिल्याण्ड पहिलो पारीमा २०९ रनमा सीमित भएपछि टोली फलोअनमा परेको थियो । दोस्रो इनिङ्समा भने न्युजिल्याण्डले पुनरागमन गर्दै ४८३ रन बनायो ।
जीतसँगै शृङ्खलामा १–१ को बराबरी भएको छ । न्युजिल्याण्डले सन् २०१७ देखि घरेलु मैदानमा कुनै शृङ्खला हारेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण