प्रचण्ड नेतृत्वमा रहुन्जेलसम्म देश र जनताले दुःख पाइरहन्छन् : साह
काठमाडौँ । नेकपा (एमाले) की नेतृ तथा निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको नेतृत्व गर्दासम्म देश र जनताले दुःख र सास्ती पाइरहने आरोप लगाएकी छिन् ।
उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञासमेत दिइन् ।
मंगलबार काठमाडौँमा भएको एक साक्षात्कारमा बोल्दै नेतृ साहले प्रचण्डप्रति आक्रोश पोख्दै भनिन्,‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषीले भनेका थिए–यो कुलंघार हो । यो रहुन्जेलसम्म यसले परिवार पनि नाश गर्छ । देशलाई पनि नाश बनाउँछ । जनतालाई पनि नाश बनाउँछ । यसले पूरै देशलाई स्वाहा बनाउँछ भनेको थियो ।’
उनले प्रचण्ड नेतृत्वमा रहेसम्म जनताका सपना, घाइते, योद्धालगायत सबैको सपनामा चोट पुग्ने पनि बताइन् ।
‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ । अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन । हामी हिजोपनि एक्लै चुनाव लडेको हो । देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ’, साहको भनाइ छ ।
साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको पनि स्पष्ट पारिन् । उनले भनिन्,‘अब त उहाँको बुद्धि पलाउला भनेको त, प्रचण्डमा त्यस्तो देखिएन । सहिदका सपना पूरा होलान् भनेको त उहाँ व्यक्तिगत स्वार्थ र काममा लाग्नुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण