स्तनपान कक्ष बनाउँदै संघीय संसद् सचिवालय
काठमाडौँ । संघीय संसद् सचिवालयले महिला सांसदहरूको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गर्न लागेको छ । संघीय संसद् सचिवालय सिंहदरबार र संसद् भवन नयाँ बानेश्वरमा सो कक्ष बनाउन लागेको हो ।
साना बच्चा भएका महिला सांसदहरुलाई स्तनपान गराउन समस्या भएको बुझेपछि सिंहदरबार र बानेश्वरमा स्तनपान कक्ष बनाउन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
तातोपानी, बेड लगायतका सुविधायुक्त कक्ष बनाउनका लागि उपयुक्त कोठा छनौट गरेर तत्काल यो काम गर्न लागेको उनले बताए ।
स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनुपरेको समस्या आएपछि सचिवालयले महिला सांसदका लागि यो सुविधा व्यवस्था गर्न लागेको हो ।
संसदमा भवन भवन बानेश्वरमा हुने बैठक तथा संसद् सचिवालयमा हुने संसदीय समिति लगायतको बैठकमा लामो समय भाग लिँदा बच्चालाई स्तनपान गराउन महिला सांसदहरुले समस्या भोग्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण