गाँजा बोकेको स्कोर्पियो नियन्त्रणमा
मङ्गलबार, १६ फागुन २०७९, १६ : ३५

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–५ बाट सशस्त्र प्रहरीले गाँजा बोकेको स्कोर्पियो नियन्त्रणमा लिएको छ ।
भुटाहा–घुस्की सडक खण्डबाट सोमबार २ सय ५८ किलो गाँजा सहित स्कोर्पियो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
बिआर–१ एके–६१०० नम्बरको स्कोर्पियो भुटाहाबाट घुस्कीतर्फ आउँदै थियो । बिओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा स्कोर्पियोमा गाँजा फेला परेको हो । सशस्त्र प्रहरी देखेपछि स्कोर्पियो चालक गाडी छाडेर भागेका थिए ।
गाडीबाट १२ वटा बोराभित्र प्याक गरेको गाँजा बरामद गरिएको छ । बरामद गाँजा र गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको डिएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार