गाँजा बोकेको स्कोर्पियो नियन्त्रणमा
मङ्गलबार, १६ फागुन २०७९, १६ : ३५
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–५ बाट सशस्त्र प्रहरीले गाँजा बोकेको स्कोर्पियो नियन्त्रणमा लिएको छ ।
भुटाहा–घुस्की सडक खण्डबाट सोमबार २ सय ५८ किलो गाँजा सहित स्कोर्पियो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
बिआर–१ एके–६१०० नम्बरको स्कोर्पियो भुटाहाबाट घुस्कीतर्फ आउँदै थियो । बिओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा स्कोर्पियोमा गाँजा फेला परेको हो । सशस्त्र प्रहरी देखेपछि स्कोर्पियो चालक गाडी छाडेर भागेका थिए ।
गाडीबाट १२ वटा बोराभित्र प्याक गरेको गाँजा बरामद गरिएको छ । बरामद गाँजा र गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको डिएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण