'मिस नेपाल नर्थ अमेरिका २०२३' को आवेदन खुल्यो, जुलाई २२ मा समापन समारोह हुने
न्यूयोर्क। न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को आवेदन खुला गरिएको छ । फेब्रुअरी २८ देखि प्रारम्भ गरिएको आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म तोकिएको छ ।
मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।
विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा शनिबारका दिन समापन समारोह हुने आयोजक संस्थाका संस्थापक सैलेश श्रेष्ठले बताए ।
अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरणू भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ ।
मिस नेपाल नर्थ अमेरिका (एमएनएनए) ले नेपाली महिलाहरूलाई आफ्नो महत्त्वाकाङ्क्षा साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडेल (अनुकरणीय व्यक्ति)बन्न मञ्च प्रदान गर्दछ ।
आयोजक टोलीले यस कार्यक्रमलाई सफल बनाउनको लागि हरेक दिन कडा मेहनत गरिरहेको जनाएका छन् ।
आयोजकले थप जानकारी हरू, विजेताहरूका पुरस्कार तथा अन्य विवरणहरू क्रमसँगै जानकारी गराइने जनाएका छन् । गत वर्ष न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ मा प्रतियुशा बोहरा विजेता बनेकी थिइन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी थिइन् ।
मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियङ्का रानी जोशीको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण