सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'मिस नेपाल नर्थ अमेरिका २०२३' को आवेदन खुल्यो, जुलाई २२ मा समापन समारोह हुने

बुधबार, १७ फागुन २०७९, ०७ : ५३
बुधबार, १७ फागुन २०७९

न्यूयोर्क। न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ को आवेदन खुला गरिएको छ । फेब्रुअरी २८  देखि प्रारम्भ गरिएको आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म तोकिएको छ ।

 मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा शनिबारका दिन समापन समारोह हुने आयोजक संस्थाका संस्थापक सैलेश श्रेष्ठले बताए ।

अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरणू भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गर्नेछ ।

मिस नेपाल नर्थ अमेरिका (एमएनएनए) ले नेपाली महिलाहरूलाई आफ्नो महत्त्वाकाङ्क्षा साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडेल (अनुकरणीय व्यक्ति)बन्न मञ्च प्रदान गर्दछ । 

आयोजक टोलीले यस कार्यक्रमलाई सफल बनाउनको लागि हरेक दिन कडा मेहनत गरिरहेको जनाएका छन् ।  

आयोजकले थप जानकारी हरू, विजेताहरूका पुरस्कार तथा अन्य विवरणहरू क्रमसँगै जानकारी गराइने जनाएका छन् । गत वर्ष न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ मा प्रतियुशा बोहरा विजेता बनेकी थिइन्  । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी थिइन् ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियङ्का रानी जोशीको पनि उपस्थिति रहेको थियो ।

miss nepal north amerika

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप