अस्पतालको गेटमा फलफूल बेचेर दैनिक पाँच हजार कमाइ
जुम्ला । जुम्ला तिला गाउँपालिका -१ रारागाउँकी लक्ष्मी बस्नेत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमै बसेर १५ वर्षदेखि फलफूलको व्यापार गर्दै आएकी छिन् । उनले गेटमा राखेको फलफूललाई हेर्दा कतिलाई, यस्तो व्यवसायबाट पनि के कमाइ होला र ? जस्तो लाग्न सक्छ । तर, तिनै बस्नेतले फलफूल बेचेर दैनिक ३ हजारदेखि ५ हजार सम्म कमाइ गर्दै आएकी छिन् ।
सामान्य लाग्ने यो व्यवसायबाट उनले पत्याउनै नसक्ने आम्दानी मात्रै गरेकी छैनन्, खाई खर्च, घर भाडा कटाएर बचत गरेको पैसाले छोराछोरी र लुगाफाटोको जोहो गर्दै आएकी छिन् । उमेरका हिसाबले ५० वर्ष लागेकी उनले देशमा केही छैन, भनी विदेश भासिनेहरूलाई एक पटक सोच्नसमेत बाध्य बनाइदिएकी छन्।
बस्नेतले ६ जनाको परिवारसहितको सबै खर्च धानेर राम्रो आम्दानी गरेकी छन्। विभिन्न किसिमका मौसमी तथा बेमौसमी फलफूलको व्यापार गर्दै आएकी बस्नेत बिहान १० बजे देखि बेलुका ५ बजे सम्म प्रतिष्ठानको मुखको गेटमा फलफूल बेच्छिन्। आँप, केरा, अङ्गुर, स्याउ, सुन्तला, अनार, बदाम लगायतका फलफूल उनले बेच्दै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण