अस्पतालको गेटमा फलफूल बेचेर दैनिक पाँच हजार कमाइ

जुम्ला । जुम्ला तिला गाउँपालिका -१ रारागाउँकी लक्ष्मी बस्नेत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमै बसेर १५ वर्षदेखि फलफूलको व्यापार गर्दै आएकी छिन् । उनले गेटमा राखेको फलफूललाई हेर्दा कतिलाई, यस्तो व्यवसायबाट पनि के कमाइ होला र ? जस्तो लाग्न सक्छ । तर, तिनै बस्नेतले फलफूल बेचेर दैनिक ३ हजारदेखि ५ हजार सम्म कमाइ गर्दै आएकी छिन् ।
सामान्य लाग्ने यो व्यवसायबाट उनले पत्याउनै नसक्ने आम्दानी मात्रै गरेकी छैनन्, खाई खर्च, घर भाडा कटाएर बचत गरेको पैसाले छोराछोरी र लुगाफाटोको जोहो गर्दै आएकी छिन् । उमेरका हिसाबले ५० वर्ष लागेकी उनले देशमा केही छैन, भनी विदेश भासिनेहरूलाई एक पटक सोच्नसमेत बाध्य बनाइदिएकी छन्।
बस्नेतले ६ जनाको परिवारसहितको सबै खर्च धानेर राम्रो आम्दानी गरेकी छन्। विभिन्न किसिमका मौसमी तथा बेमौसमी फलफूलको व्यापार गर्दै आएकी बस्नेत बिहान १० बजे देखि बेलुका ५ बजे सम्म प्रतिष्ठानको मुखको गेटमा फलफूल बेच्छिन्। आँप, केरा, अङ्गुर, स्याउ, सुन्तला, अनार, बदाम लगायतका फलफूल उनले बेच्दै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक शक्तिसँग सहकार्य गर्न नेसपा (नयाँ शक्ति)द्वारा राजनीतिक संवाद समिति गठन
-
उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको निधन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन