रिलायबल नेपाल लाइफद्वारा सडक डिभाइडर सहयोग
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको छ । ‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको सो कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको हो ।
यसैक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मंगलबार सडक दुर्घटनाको जोखिम न्यूनीकरणका निमित्त जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धि विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए । साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी लागेका बताए ।
उनले आगामी दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण