रिलायबल नेपाल लाइफद्वारा सडक डिभाइडर सहयोग

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको छ । ‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको सो कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको हो ।
यसैक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मंगलबार सडक दुर्घटनाको जोखिम न्यूनीकरणका निमित्त जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धि विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए । साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी लागेका बताए ।
उनले आगामी दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता
-
आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए
-
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी