बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरपालिकाद्वारा घर टहरा हटाउन सुरु

बुधबार, १७ फागुन २०७९, १२ : ५७
बुधबार, १७ फागुन २०७९

पर्सा । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ  । महानगरपालिकालले  वीरगञ्ज– १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझदेखि भत्काउन सुरु गरेको हो । माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई  खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ ।  

महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन थालेपछि  स्थानीयवासीले विरोध गरेका छन्  । पहिलेको माइराम पोखरी रहेको जग्गामध्ये १८ कठ्ठा क्षेत्रफलमा चार वर्ष अगाडि महानगरपालिकाले बाल उद्यान निर्माण समेत गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप