रुसमा ‘ब्लगर’, ‘मिटिङ’, ‘टक शो’ जस्ता गैर–रूसी शब्दहरूको प्रयोगमा प्रतिबन्ध
राष्ट्रपति पुटिनले रुसको आधिकारिक भाषामा गैर–रूसी भाषाका शब्दहरू प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यसमा ‘ब्लगर’, ‘मिटिङ’, ‘टक शो’ र ‘फेस कन्ट्रोल’ जस्ता बारम्बार प्रयोग हुने शब्दहरू समावेश छन् ।
राष्ट्रपति पुटिनले यसका लागि भाषा संशोधन कानुनमा पनि हस्ताक्षर गरेका छन् । यस संशोधन ऐनमा आधिकारिक काममा रुसी भाषाका शब्द र अभिव्यक्तिलाई मात्र अभिव्यक्त गर्न र रुसी भाषाको कुनै शब्दको स्थानमा कुनै पनि शब्द नआएमा मात्र विदेशी मूलका शब्द प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
धेरै रूसीहरू अंग्रेजी र अन्य अन्तर्राष्ट्रिय भाषाहरूको बढ्दो प्रयोग मन पराउँदैनन् । रुसमा ‘कटेज’, ‘हाउस’, ‘फरेस्ट’ जस्ता शब्दहरू रुसी भाषाका विकल्प हुन्, तर पनि अङ्ग्रेजीका यी शब्दहरू लोकप्रिय बन्दै गएका छन् भने युवाहरूमा ‘ब्लगर’, ‘मिटिङ’, ‘टक शो’ र फेस कन्ट्रोल शब्दहरू धेरै लोकप्रिय छन् ।
राष्ट्रपति पुटिनले देशलाई पश्चिमी संस्कृतिको प्रभावबाट जोगाउन आवश्यक रहेको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण