शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाद्वारा प्रदेश १ मा संगठन विस्तार

बुधबार, १७ फागुन २०७९, १४ : १३
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को कार्य समिति विस्तार गरेको छ । आज सम्पन्न जसपा प्रदेश १ समितिको पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो । 

जसपा प्रचार प्रसार विभागका प्रमुख पूर्णबहादुर बस्नेतका अनुसार समितिको उपाध्यक्षहरूमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दीपेश राई रहेका छन् । त्यस्तै समितिको मुख्यसचिवमा घनश्याम कटुवाल चयन भएको उनले बताए । समितिको सचिवहरूमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।

बैठकले प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रदेश इन्चार्ज समेत रहेका कार्यकारिणी सदस्य रकम चेम्जाङ, अध्यक्ष दीपक याक्खा र मुख्य सचिव घनश्याम कटुवाललाई जिम्मेवारी दिएको प्रमुख बस्नेतले जानकारी गराए ।

त्यस्तै पार्टी संगठनलाई व्यवस्थित गर्न जिल्ला र १४ वटै जिल्ला अन्तर्गतका पालिका स्तरीय समितिहरुलाई आवश्यक्ता अनुसार गठन, पुनर्गठन गर्न गराउन पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ ।

आसन्न स्ववियु निर्वाचनका सन्दर्भमा प्रदेशभित्रका सबै विश्वविद्यालय तथा क्याम्पसहरूमा पार्टी सम्बद्ध विद्यार्थी संगठनलाई सक्रिय बनाई आवश्यक समन्वय गर्न गणेश राईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप