प्रदेश १ नामकरण : कांग्रेसद्वारा फेरि समर्थन फिर्ता

विराटनगर । प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्तावमा समर्थन गरेको नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ । एमालेको प्रस्तावमा काँग्रेसका सांसद भूमि प्रसाद राजवंशीले समर्थन गरेका थिए । यद्यपि उक्त समर्थन फिर्ताको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ। पहिलाको प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्ने खुलेको छैन । प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता भएको छ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। उता, नेकपा (माओवादी केन्द्र) ले भने एमालेले राखेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर