राजनीति
राष्ट्रपतिमा सुवासलाई भोट माग्न वामदेव निवासमा केपी ओली
बुधबार, १७ फागुन २०७९, १४ : ५०
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वामपन्थी नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् । राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् ।
यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट निश्किृय बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण