प्रधानमन्त्रीसमक्ष युवा परिषद्को वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राष्ट्रिय युवा परिषद्ले वार्षिक प्रतिवेदन पेश गरेको छ । आज उनलाई सिंहदरबारस्थित प्रधामन्त्री कार्यालयमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतिवेदन बुझाएका हुन् । परिषद्ले आर्थिक वर्ष २०७८/७९ मा गरेका काम र गतिविधि समेटिएको छ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा २४ को उपदफा २ बमोजिम वार्षिक प्रतिवेदन बुझाइएको बस्नेतले जानकारी दिए ।
प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता, स्वयंसेवक विकास तथा परिचालन, प्रतिभा पहिचान तथा प्रोत्साहन, सहुलियतपूर्ण कर्जा सहजीकरण र वित्तीय साक्षरतालगायतका कार्यक्रम समेटिएका छन् । त्यसैगरी विज्ञान तथा प्रविधि प्रवद्र्धन, नवप्रवर्तन तथा इन्कुवेसन, नेतृत्व विकास कार्यक्रम, नमुना युवा संसद् अभ्यास, विद्यालय उद्यम कार्यक्रमलगायतका कार्यक्रम प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन बुझाउँदा उपाध्यक्ष बस्नेतसहित युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, सहसचिवद्वय शिवराम न्यौपाने र इमनारायण श्रेष्ठ, परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मा र राजेश मैनालीसहितको उपस्थिति थियो । युवाको नेतृत्वका विकास गर्नका लागि सरकारले युवा परिषद् गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण