भयानक रेल दुर्घटनालाई ग्रिसका प्रधानमन्त्रीले मानवीय गल्ती भने
ग्रिसमा भएको रेल दुर्घटनामा हालसम्म ४३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि कतिपय ठाउँमा विरोध प्रदर्शन पनि भएका छन् । ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यो दुर्घटना मानवीय त्रुटिको परिणाम भएको बताएका छन् ।
प्रधानमन्त्री बुधवार घटनास्थल पुगेका थिए । यो दुर्घटनामा एउटा मालगाडी र यात्रुवाहक रेल एक आपसमा ठोक्किएका कारण भएको थियो । दुर्घटनापछि ग्रिसका यातायात मन्त्रीले राजीनामा दिएका छन् ।
स्थानीय स्टेसन मास्टरविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उद्धार टोलीले घाइतेको खोजी गरिरहेको छ भने केहीको अस्पतालमा उपचार भइरहेको छ ।
यद्यपि, दुई वटा रेल एकै समयमा ट्र्याकमा आमने सामने कसरी आए भन्ने अझै स्पष्ट भएको छैन । सिग्नल दिनका लागि जिम्मेवार स्टेसन मास्टरले कुनै गल्ती नभएको र प्राविधिक कारणले दुर्घटना भएको बताए ।
प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने, ‘कानुनले आफ्नो काम गर्नेछ । यसका लागि जिम्मेवार भएकाहरूलाई पक्राउ गरिनेछ । सरकार सर्वसाधारणको पक्षमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण