व्यक्तिगत रूपमा समूह दर्ता गरेर स्ववियु चुनाव लड्न पाइने
काठमाडौँ । स्ववियु निर्वाचनको कार्यतालिका शुक्रबारदेखि सुरु हुँदैछ । चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको लागि शुक्रबार संघ/संगठन/समूह दर्ता गर्ने कार्यक्रम छ ।
कुनै पनि राजनीतिक दलको भातृ संगठनले एउटा बाहेक अर्को संगठन दर्ता गर्न पाइँदैन ।
त्यस्तै विद्यार्थीहरूले समूह बनाएर पनि स्ववियु निर्वाचन लड्न पाइनेछ । राजनीतिक दलका विद्यार्थी संगठनहरू बाहेकका स्वतन्त्र व्यक्तिहरू समूह बनाएर निर्वाचनमा भाग लिन पाउनेछन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य–सचिव तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले संघरसंगठन छैन भनेपनि समूह दर्ता गर्न पाउने बताए ।
विगतको अभ्यास अनुसार नै संयोजकसहित ११ सदस्यीय कमिटी बनाएर क्याम्पसमा समूह दर्ता गराउन सकिने उनको भनाई छ ।
त्यसका लागि उक्त समूहको बैठक बसेर माइन्युट गरेको र त्यसको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ । उक्त बैठकले एक जना संयोजक तोकेको र त्यसको छाप समेत बनाएको हुनुपर्नेछ । समूहलाई क्याम्पसमा दर्ता गराउनेका लागि विधान भने आवश्यक नपर्ने उनको भनाई छ ।
त्यस्तो समूहले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत पाउनेछ । स्वतन्त्र रूपमा उठेका व्यक्तिहरूले भने प्रत्यक्षको मात्र मत पाउनेछन् । उनीहरूलाई समानुपातिकको मत जानेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण