राप्रपाद्वारा कर्णाली सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता
बिहीबार, १८ फागुन २०७९, १३ : ०७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीलेसमर्थन फिर्ता लिने निर्णय यसअघि नै गरिसकेको थियो । पार्टीले बिहीबार प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।
प्रदेश सभा सदस्य सन्तोषी शाहीले सत्ताको नेतृत्वकर्ता दलका साथै अन्य दलहरू आपसी सत्ता स्वार्थमै रुमल्लिँदा सत्तामा बसिरहन उपयुक्त नदेखिएको बताएकी छिन् । पार्टीको केन्द्रीय निर्देशन अनुरूप प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनको पत्रमा उल्लेख छ । समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण