राप्रपाद्वारा कर्णाली सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता
बिहीबार, १८ फागुन २०७९, १३ : ०७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीलेसमर्थन फिर्ता लिने निर्णय यसअघि नै गरिसकेको थियो । पार्टीले बिहीबार प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।
प्रदेश सभा सदस्य सन्तोषी शाहीले सत्ताको नेतृत्वकर्ता दलका साथै अन्य दलहरू आपसी सत्ता स्वार्थमै रुमल्लिँदा सत्तामा बसिरहन उपयुक्त नदेखिएको बताएकी छिन् । पार्टीको केन्द्रीय निर्देशन अनुरूप प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनको पत्रमा उल्लेख छ । समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै