बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय व्यवस्थापन समितिमा उम्मेदवार बन्न चर्को शुल्क, विपन्न अभिभावक मारमा

बिहीबार, १८ फागुन २०७९, १६ : १६
बिहीबार, १८ फागुन २०७९

बुटवल । कपिलवस्तु जिल्लाका केही सामुदायिक विद्यालयले व्यवस्थापन समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क अत्यधिक तोकेका छन् ।

जिल्लाको तौलिहवामा रहेको रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय र महारागञ्ज नगरपालिका–२ मा रहेको भद्र माध्यमिक विद्यालयले व्यवस्थापन समितिको निर्वाचनमा उम्मेदवार बन्न चर्को शुल्क लिएका हुन् ।

रत्न राज्य माविको व्यवस्थापन समितिमा उम्मेदवार हुन १५ हजार रुपैयाँ धरौटी रकम राख्नुपर्ने व्यवस्था गरिएको छ । यही फागुन १८ गते मनोनयन पत्र दर्ताको कार्यतालिका छ । उम्मेदवार बन्न १५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियमले विपन्न अभिभावकलाई प्रतिस्पर्धामा उत्रिन कठिन भएको कतिपय अभिभावक बताउँछन् ।

यस्तै, भद्र माध्यमिक विद्यालयमा पनि व्यवस्थापन समितिको उम्मेदवार बन्न १५ हजार रुपैयाँ नै मनोनयन शुल्क तोकिएको छ । उक्त रकम फिर्ता नहुने जनाइएको छ ।

यो निर्णय विद्यालय व्यवस्थापन समिति सदस्यहरूको छनौट सहयोग समितिले फागुन ५ गते गरेको जनाइएको छ । छनौट समितिको संयोजकमा नगरपालिकाकै शिक्षा अधिकृत संयोजक रहने व्यवस्था छ ।

यो व्यवस्थाले विपन्न अभिभावकहरू उम्मेदवार बन्नबाट वञ्चित हुने निश्चित भएपछि आफूहरुले विरोध गरेको स्थानीय अभिभावक रामलौटन चौधरीले रातोपाटीलाई बताए ।

तौलिहवा नगरपालिकाका शिक्षा अधिकृत युवराज भुसालले यहाँका सबै विद्यालयको अभ्यास नै यस्तै रहेको भन्दै निर्णय परिवर्तन गर्न कठिन हुने बताए ।

यता महारागञ्ज नगरपालिकाका शिक्षा संयोजक हरि प्रसाद ज्ञवालीले चर्को मनोनयन शुल्क लिएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

उनले अभिभावकको हक अधिकार सुनिश्चित हुने गरी नीति सङ्गत निर्णय हुनुपर्ने बताउँदै त्यस विषयमा थप बुझ्ने जानकारी दिए ।

शिक्षालाई सर्वसुलभ र सबैको पहुँचमा पु¥याउने उद्देश्यले सरकारले सरकारी विद्यालयमा निःशुल्क शिक्षा अभियान चलाए पनि व्यवस्थापन समितिमा जान चर्को शुल्क तोकिएपछि नीतिगत रूपमा प्रश्न खडा भएको शिक्षाविद् तथा रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताए ।

उनले यसरी उम्मेदवार बन्न धेरै शुल्क लिने  भएपछि समितिमा जान खोज्नेहरुको नियतमाथि नै प्रश्न उठ्न सक्ने बताए । सबै अभिभावकको हक सुनिश्चित गर्ने वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिए ।

शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिको तीन वर्षे अवधि सकिनुपूर्व नै कम्तीमा सात दिनको सूचना दिई अवधि सकिएको लगत्तै अर्को विद्यालय व्यवस्थापन समितिको गठन गर्न अभिभावकको भेला गराउनु पर्ने उल्लेख छ । कपिलवस्तुको रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय सामुदायिक विद्यालयमा नमुना विद्यालयको रूपमा जिल्लामा परिचित छ । भद्र माध्यमिक विद्यालय पनि राम्रो विद्यालय मानिन्छ । 

Ratna-mabi l1111111111111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप