श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
बिहीबार, १८ फागुन २०७९, १८ : ५३
बागलुङ । बागलुङमा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–२ बनौ बस्ने ४५ वर्षीय केशव नेपालीलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बिहीवार पक्राउ गरेको हो ।
केशवले आफ्नै बारीमा आलु खन्ने क्रममा ३५ वर्षीया राधा नेपालीको बाउसो प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएकी राधाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण