शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

बिहीबार, १८ फागुन २०७९, १८ : ५३
बिहीबार, १८ फागुन २०७९

बागलुङ । बागलुङमा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–२ बनौ बस्ने ४५ वर्षीय केशव नेपालीलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बिहीवार पक्राउ गरेको हो ।  

केशवले आफ्नै बारीमा आलु खन्ने क्रममा ३५ वर्षीया राधा नेपालीको बाउसो प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएकी राधाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप