बुटवलमा बजार अनुगमन
बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महँगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद नाघेका बस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न बजार अनुगमनलाई निरन्तरता दिइएको उपमहानगरले जनाएको छ ।
विषयगत रूपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजारको अवस्था सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्याङ्कन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न पसल, ११ वटा मासु पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, नदीजन्य पदार्थको चोरी निकासी सम्बन्धित चार ठाउँ अनुगमन गरिएको छ ।
यस्तै ३ वटा विद्यालय, ८ वटा खेल संरचना, २२ वटा होटल तथा स्पा सेन्टर, १५ वटा सहकारी र ८ वटा वडा कार्यालयसमेत अनुगमन गरिएको उनले जानकारी दिए ।
अनुगमनका क्रममा कानुन र मापदण्ड विपरीत काम गरिरहेका पसल तथा संस्थाहरुलाई कानुन बमोजिम कारबाही गरिएको उनको भनाइ छ ।
केही मिठाई पसल र रेष्टुरेन्टले तेलमा लापरबाही गरेको, बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिंगा र किरा परेका खाद्य पदार्थ बिक्रीका लागि राखेको पाइएकोमा त्यस्ता सामग्री नष्ट गरी कानुनी कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले बताए ।
बुधबार र बिहीबार बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, सञ्चारकर्मीसहितको टोलीले बुटवलका मिष्ठान्न भण्डार, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट, क्याफे, मासु पसललगायतको अनुगमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण