मधेसी आयोगका अध्यक्ष र बंगलादेशी सरकारका प्रतिनिधिबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेश सरकारका प्रतिनिधिहरू, बंगलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मिलित एक उच्चस्तरीय टोलीले मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरूसँग भेट गरेका छन् |
बिहीबार मधेसी आयोगको कार्यालयमा भएको सो भेटमा बंगलादेशी टोलीले मधेसको सिराहा र सप्तरी जिल्लामा बंगलादेश सरकारको सहयोगमा विभिन्न समाज कल्याण सम्बन्धित आयोजनाहरू सञ्चालनमा रहेको जानकारी गराउँदै सो आयोजनामा आयोगको तर्फ बाट सहयोग गर्न अध्यक्ष डा.दत्तलाई अनुरोध गरेका छन् | सो भेटघाटमा दुवै देशमा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा समेत छलफल भएको छ |
आयोगका अध्यक्ष डा.दत्तले तराई-मधेस सहित नेपालका हजारौँ विद्यार्थीहरू बंगलादेशमा अध्ययनरत रहेको र उनीहरूको मानवअधिकारको संरक्षण तथा संवर्द्धन गर्नु त्यहाँको सरकारको समेत दायित्व रहेको बताउँदै विद्यार्थीहरू माथि आउने विभिन्न किसिमका समस्याहरूको निदानार्थ बंगलादेश सरकारले आवश्यक रणनीति बनाउनु पर्ने कुरामा जोड दिएका छन् |
सो छलफलमा अध्यक्ष डा.दत्तले नेपाल र बंगलादेश एक अर्काको हितैषी मित्र रहेको र आगामी दिनमा विभिन्न क्षेत्रहरूमा दुवै देशले एक अर्कासँग समन्वय तथा सहकार्य गरी अगाडी बढ्नुपर्ने कुरा समेत बताएका छन् |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण