मुस्ताङमा बौद्ध कलेज खोल्ने भारतको प्रस्ताव अस्वीकार्य : मैनाली
काठमाडौँ । नेकपा मालेले मुस्ताङमा बौद्ध कलेज खोल्ने भारत सरकारको प्रस्ताव स्वीकार्न नहुने बताएको छ । सो पार्टीका महासचिव सीपी मैनालीले शुक्रबार विज्ञप्ति जारी नेपाली भूभाग मुस्ताङको फल्याक क्षेत्रमा इण्डिया सरकारले नेपाल सरकारसँग “मुस्ताङ बौद्ध कलेज” चलाउन अनुमति मागेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘सिधै भन्न सकिन्छ : हिन्द–प्रशान्त रणनीति अन्तर्गत रही विभिन्न शक्तिहरू नेपाली भूमिबाट चीनलाई द्वन्द्वमा फसाउन कथित “स्वतन्त्र तिब्बत” अभियानलाई सहयोग पु¥याउने गरी विभिन्न कार्य गर्न चाहन्छन् । चीनसँग सिमाना जोडिएको नेपालको उत्तरी संवेदनशील क्षेत्रमा उल्लेखित उद्देश्यका साथ उपरोक्त “मुस्ताङ बौद्ध कलेज” सञ्चालन गर्दा चीनको बैाध सुरक्षा चासोमा खलल पुग्ने सच्चाइलाई भूराजनीतिको महत्वबारे जानकार नेपाली जनताले सहजै बुझ्दछन्’, मैनालीले भनेका छन् ।
उनले नेपाल–चीनबीच असल छिमेकीको सम्बन्धलाई तहसनहस पार्न सक्ने यस्ता कार्यबारे सचेत हुँदै भावी दुष्परिणामहरू समेतको आँकलन गरी छिमेकी मुलुक विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने पूर्व घोषित राष्ट्रिय नीतिप्रति कायम रहिरहनु नेपाल सरकारको प्राथमिक कर्तव्य हुनुपर्ने पनि बताएका छन् ।
‘तसर्थ उपरोक्त “बौद्ध कलेज” खोल्न चाहने इण्डियाको प्रस्तावलाई संवेदनशील उत्तरी सीमाक्षेत्र बाहेकका अन्य उपयुक्त स्थानमा लान सकिने स्पष्ट राय राख्दै विश्वासिलो छिमेकी सम्बन्ध कायम राख्नु आजको आवश्यकता हो’, मैनालीले भनेका छन्, ‘नेकपा (माले) इण्डियाको त्यस्तो विवादस्पद प्रस्तावको विरोध गर्दछ ।’
साथै नेकपा मालेले नेपाल सरकारले उक्त प्रस्तावलाई अस्वीकार गर्दै नेपाली जनतालाई हाम्रो भूमि उत्तरी छिमेकीको विरुद्ध प्रयोग हुन दिइने छैन भन्ने कुरामा आश्वस्त बनाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण