चलचित्र पत्रकार संघले दियो धन्यवाद

काठमाडौंँ । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औं बार्षिक साधारणसभा तथा नवौं महाधिवेशन सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ । संघको नव निवार्चित अध्यक्ष समीर बलामीको अध्यक्षतामा फागुन १७ गते बसेको पहिलो पूर्ण बैठकले सबैलाई धन्यवाद दिने निणर्य गरेको संघका महासचिव रघुनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल फागुन १७ गते चलचित्र पत्रकार संघ नेपालको नव निर्वाचित कार्यसमितिका अध्यक्ष समीर बलामीको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले संघको २३ औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने निवर्तमान अध्यक्ष दिनेश सिटौंला, निवर्तमान कार्यसमितिका
पदाधिकारीहरु, अध्यक्षमण्डल, निर्वाचन समिति, नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधि, जिल्ला शाखाहरु, प्रतिनिधिज्यूहरु, निर्वाचन सहजकर्ता, स्वंयमसेवक र सहयोगीहरुमा संघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले
-
खोटाङ सावा खोलामा बनेको ८ करोडको पुल उद्घाटन
-
गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसाका नाममा मानव तस्करी प्रकरण, राजीनामा दिन दबाब
-
ललितपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते