आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘होली कार्निभेल’ फेस्टिभल हुने

शुक्रबार, १९ फागुन २०७९, १८ : ००
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । इटालियन डिजे जिनोबी, हम्जाको अलवा नेपाली डिजे नाज, अनिष र सरोजको साथमा रंगको पर्व होलीमा काठमाडौँस्थित सिल्भर ओकमा ‘होली कार्निबेल’ फेस्टिभल हुने भएको छ । फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम सहित होली फेस्टिभल हुने भएको हो ।

युनिफाइ नेपालको व्यवस्थापनमा सोलीस र आर्बिट्रेयरी एकसाथ आयोजना गर्न लागेको फेस्टिभलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा होस्टको रुपमा रहनेछिन् ।  इभेन्ट बिहान १० बजेदेखि सुरु हुने फेस्टिभलका इभेन्टका म्यानेजर रविन श्रेष्ठले जानकारी दिए । सबै बर्गका मानिसले सहभागीता जनाउन सक्ने फेष्टिभलमा सर्कस सो, फन गेम र विभिन्न खानाका स्टलसमेत हुनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप