वित्तीय सुरक्षामा विशेष प्रबन्ध मिलाउन परिपत्र
काठमाडौँ । सरकारले देशभरका बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ ।
पछिल्लो समयमा बैक, लघुवित्त र सहकारी संस्थाबाट ऋण लिएका ऋणीहरुले समयमै चुक्ता गर्नुको साटो आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले वित्तीय संस्थामा सुरक्षा प्रबन्ध मिलाउन परिपत्र गरेको हो।
खराब ऋणमा संलग्न, बैंकिङ कसुर र ठगीमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थामाथि धावा बोल्दै आएका छन् । गृहले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी मुख्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।
गृहका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण र सावधानीका लागि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताए। उनले रातोपाटीसँग भने,‘ बैंक तथा वित्तीय संस्था लक्षित गरेर हुनसक्ने उत्शृङखल, अराजक र अवाञ्छित गतिविधि प्रति सजक रहन र कानुन हातमा लिनेलाई कारबाही गर्न निर्देशन दिइएको हो। आन्दोलन गर्ने समूहमा घुसपैठ हुनसक्नेप्रति सुरक्षा निकायले उच्च सतर्कता अपनाउन जरुरी छ।’
केही दिन अघिमात्रै झापाका व्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक कार्यक्रममै कालोमोसो दल सार्वजनिक गरेका थिए। उनले बैक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीलाई यो दलले कालोमोसो दल्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि सरकार संवेदनशील मोडमा पुगेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण