स्वस्तिश्री गुरुकुल अन्तर विद्यालय फुटसलका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण
काठमाडौँ । काठमाडौँ को सानोभर्यामा अवस्थित स्वस्तिश्री गुरुकुल आइ वी वर्ल्ड स्कुलले यही फागुन १४ गतेदेखि आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगिताका विजयी खेलाडी विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
पाँच दिनसम्म सञ्चालन भएको मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समूहका २८ टिम सहभागी भएका थिए । समापन समारोहमा नेपाल खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले विजेताहरूलाई पुरस्कार वितरण गरेका हुन् ।
त्यसैगरी विशेष अतिथिको रूपमा नेपाल स्कुल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी, पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार, नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे, नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटबल एम्बासडर अनिल गरुङ, राष्ट्रिय फुटबल टिमका वर्तमान भाइस क्याप्टेन सुजल श्रेष्ठ तथा स्वस्तिश्री एकेडेमीका संयोजक सनोज श्रेष्ठको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण