स्ववियु निर्वाचनका लागि जुम्लामा ८ विद्यार्थी संगठन दर्ता
शुक्रबार, १९ फागुन २०७९, २० : ३८
जुम्ला । आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसमा ८ विद्यार्थी संगठनले नाम दर्ता गराएका छन्।
निर्वाचन समितिका सदस्य हिक्मत बुढाथापाका अनुसार नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संगठन दर्ता गराएका हुन् ।
यसैगरी नेमकिपाको नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपाको अखिल क्रान्तिकारी विप्लव, एकीकृत समाजवादीको अनेरास्ववियू र स्वतन्त्र विद्यार्थी समूहले संगठन दर्ता गरेका छन् ।
संगठन दर्ता भएसँगै निर्वाचनको चहलपहल तीव्र बढेको छ । विद्यार्थी संघ संगठनहरूले निर्वाचन सम्पर्क कार्यालय खोलिसकेका छन् । जुम्लामा स्ववियु चुनाव १५ वर्षदेखि हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण