स्ववियु निर्वाचनका लागि जुम्लामा ८ विद्यार्थी संगठन दर्ता
शुक्रबार, १९ फागुन २०७९, २० : ३८

जुम्ला । आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसमा ८ विद्यार्थी संगठनले नाम दर्ता गराएका छन्।
निर्वाचन समितिका सदस्य हिक्मत बुढाथापाका अनुसार नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संगठन दर्ता गराएका हुन् ।
यसैगरी नेमकिपाको नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपाको अखिल क्रान्तिकारी विप्लव, एकीकृत समाजवादीको अनेरास्ववियू र स्वतन्त्र विद्यार्थी समूहले संगठन दर्ता गरेका छन् ।
संगठन दर्ता भएसँगै निर्वाचनको चहलपहल तीव्र बढेको छ । विद्यार्थी संघ संगठनहरूले निर्वाचन सम्पर्क कार्यालय खोलिसकेका छन् । जुम्लामा स्ववियु चुनाव १५ वर्षदेखि हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार