ए डिभिजन लिगमा आज तीन खेल

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) तीन खेलहरू हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल हुँदा एक खेल च्यासल मैदानमा हुनेछ ।
आज च्यासल मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
लिगमा पहिलो पटक प्रवेश गरेको चर्च ब्वाइज आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता पुलिसको पनि सोही लक्ष्य हुनेछ ।
यता दशरथ रङ्गशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
यो सिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । ए डिभिजन लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’