ए डिभिजन लिगमा आज तीन खेल
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) तीन खेलहरू हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल हुँदा एक खेल च्यासल मैदानमा हुनेछ ।
आज च्यासल मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
लिगमा पहिलो पटक प्रवेश गरेको चर्च ब्वाइज आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता पुलिसको पनि सोही लक्ष्य हुनेछ ।
यता दशरथ रङ्गशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
यो सिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । ए डिभिजन लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण