दीपिकाले ओस्कार अवार्ड प्रस्तुत गर्ने
मुम्बई । दीपिका पादुकोणले यस पटकको ओस्कार अवार्ड प्रस्तुत गर्नेछिन् । यो जानकारी दीपिका आफैले सेयर गरेकी हुन् । यो तेस्रो पटक हो जब कुनै भारतीयले ओस्कार अवार्ड प्रस्तुत गर्नेछन्। यसअघि सन् २०१६ मा प्रियंका चोपडा र १९८० मा पूर्व मिस इन्डिया पर्सिस खम्बाटा प्रस्तुतकर्ताका रूपमा ओस्कार अवार्डमा सहभागी भइसकेकी छिन् ।
ओस्कार अवार्ड मार्च १२ को रात अमेरिकामा दिइनेछ। नेपाली समयअनुसार अवार्ड समारोह १३ मार्च बिहान ५.४५ बजे सुरु हुनेछ । दीपिकाले आफ्नो इन्स्टाग्राममा ह्यासट्याग ओस्कर २०२३ को साथ एक सूची साझा गरेकी छिन्, जसमा उनीसँगै सबै प्रस्तुतकर्ताहरूको नाम समावेश छ। दीपिका बाहेक, समारोहमा रिज अहमद, एमिली ब्लन्ट, ग्लेन क्लोज, जेनिफर कोनेली, एरियाना डेबोस, स्यामुएल एल ज्याक्सन, ड्वेन जोन्सन, माइकल बी जोर्डन, ट्रोय कोट्सुर, जोनाथन मेजर्स, मेलिसा म्याककार्थी, जेनेल मोना, क्वेस्टलोभ, जोईको नाम रहेको थियो। सलडाना र डोनी येन जस्ता कलाकारहरूले अवार्ड प्रस्तुत गर्ने छन्।
दीपिकाले गत वर्ष फिफा विश्वकप ट्रफी अनावरण गरेकी थिइन् । यसो गर्ने उनी पहिलो भारतीय थिइन् । उनी कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्यको रूपमा समावेश पनि भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण