धनुषामा मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले मन्दिरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेका छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी गर्ने चोरको गिरोह पक्राउ गरेको हो ।
शुक्रबार पक्राउ गरेका चोरहरूलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । उनीहरूलाई चोरी गरेको सरसामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले जनाएको छ ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपािलका ४ सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला साह सोही ठाउँका २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपािलका ७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो रहेको प्रहरीले जनाएको छ ।
मन्दिरबाट चोरी भएको देवीको चाँदीको मूर्ति, गिलास र सुनका मनटिका, नथिया, सिक्री कानको झुम्का लगायतको सुन चाँदी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । सिसिटिभी फुटेजमा कैद भएको दृश्यको आधारमा ह्युमन ईन्टेलिजेन्सको विशेष सहयोगमा चोरको गिरोहलाई पक्राउ गरिएको एसपी खड्काले जनाए । चोरहरू लुकिछिपी भारत छिर्न लागि रहँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई जनकनन्दनी गाउँपालिकाको महुवाबाट। बिहीबार अबेर राति पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण