गुजरातमाथि मुम्बईको शानदार जीत
आइतबार, २१ फागुन २०७९, १० : ४९
मुम्बई । महिला प्रिमियर लिग (डब्लूपीएल)को पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात जायन्ट्सलाई १ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको २ सय ८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गुजरात मात्र ६४ रनमा अलआउट भएको हो ।
गुजरातलाई सस्तोमा समेट्न साइका इशाकेले ४ विकेट लिइन् भने न्याट स्काइभर र अमेलिया केरले २–२ विकेट लिइन् । गुजरातकी कप्तान बेथ मुनी रिटायर्ट हर्ट भएको खेलमा दायालन हेमालथाले २८ बनाइन् । उनीबाहेक मोनिका पटेलले १० रनको योगदान दिइन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यसअघि कप्तान हरमनप्रित कौरको ६५ तथा अमेलिया केरको ४५ रनको मद्दतले मुम्बईले ५ विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो । हेली म्याथ्युजले ४७ रन तथा न्याट स्काइभरले २३ रनको योगदान दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण