गुजरातमाथि मुम्बईको शानदार जीत
आइतबार, २१ फागुन २०७९, १० : ४९

मुम्बई । महिला प्रिमियर लिग (डब्लूपीएल)को पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात जायन्ट्सलाई १ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको २ सय ८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गुजरात मात्र ६४ रनमा अलआउट भएको हो ।
गुजरातलाई सस्तोमा समेट्न साइका इशाकेले ४ विकेट लिइन् भने न्याट स्काइभर र अमेलिया केरले २–२ विकेट लिइन् । गुजरातकी कप्तान बेथ मुनी रिटायर्ट हर्ट भएको खेलमा दायालन हेमालथाले २८ बनाइन् । उनीबाहेक मोनिका पटेलले १० रनको योगदान दिइन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यसअघि कप्तान हरमनप्रित कौरको ६५ तथा अमेलिया केरको ४५ रनको मद्दतले मुम्बईले ५ विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो । हेली म्याथ्युजले ४७ रन तथा न्याट स्काइभरले २३ रनको योगदान दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु
-
दिल्लीले म्याक्गर्कको स्थानमा मुस्ताफिजुरलाई भित्र्यायो, तर बीसीबीले भन्यो - एनओसी दिइएको छैन
-
कैलाशलाई मन्त्री बनाउने रञ्जिताको पत्र निष्प्रभावी, रेशम पक्षले घनश्यामलाई मन्त्री बनाउँदै
-
बिहीबार यी सहरको तापक्रम ४१ डिग्रीसम्म पुग्ने