एसियन कप छनोट खेल्ने यू–२० महिला टोलीको बिदाइ
काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोली आज नै त्यसतर्फ प्रस्थान गर्नेछ । छनोटको पहिलो चरणमा समूह ‘बी’ मा नेपाल सहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छन् ।
नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । छनोटबाट समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
नेपाली टोलीः
गोलकिपरः कविता विक, सावित्री किसन, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण