सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा फागुन २४ र २५ गते साकोस सीईओस् नेशनल वर्कशप हुने

आइतबार, २१ फागुन २०७९, १८ : ५३
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । यहीँ फागुन २४ र २५ गते राजधानीमा ‘साकोस सीईओस् नेशनल वर्कशप–२०२३’ हुने भएको छ । नेपाल बचत तथा ऋण सहकारी संस्था (नेफ्स्कुन) ले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

बचत तथा ऋण सहकारी संघ/संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको गोठ्ठीले विद्यमान आर्थिक संकटकाबीच वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यावसायिक जनशक्ति विकास गर्ने, विश्वव्यापी नवीनतम अभ्यास, अनुभव र सिकाइहरू मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । 

यस्तै, राष्ट्रियस्तरमा भएका नवीनतम र सफल अभ्यासहरू आदानप्रदान गर्नु र वित्तीय सहकारीका लागि विकास गरेका नवीनतम औजार र समाधानहरूको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नु समेत गोष्ठिको मूल उद्देश्य रहने नेफ्सकूनका अध्यक्ष परितोष पौडेलले जानकारी दिए । 

यस्तै, सहकारी संघ÷संस्थामा कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनावरहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्न, वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्न र वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्न समेत गोष्ठीले सहयोग पु¥याउने उनको भनाइ छ । 

वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवर्द्धक क्षेत्रको रूपमा नै स्थापित गर्ने पत्रकार सम्मेलनमार्फत नेफ्स्कूनले जनाइएको छ । 

साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी–२०२३ फागुन २४ र २५ गते दुई दिन राजधानीको होटल सोल्टीमा चल्नेछ । हरेक तीन/तीन वर्षमा आयोजना हुँदै आएको सो गोष्ठीले संघ/संस्थाहरुको सीईओहरुमा व्यवस्थापकीय सुधारको क्षमता अभिवृद्धि गर्ने गरेको नेफ्स्कूनका सीईओ प्रकाश कुमार पौडेलले बताए । 

प्रकाशका अनुसार गोष्ठीका लागि हालसम्म ३९८ सदस्यहरूले  रजिस्ट्रेसन गरिसकेका छन् । ४८ जिल्लाबाट ८३ जना महिलासहित ३९८ जनाको आवेदन परेको हो । गोष्ठीमा सात वटा कार्यपत्र प्रस्तुत हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप