रुपन्देहीमा मापदण्ड विपरीतका पेट्रोल पम्प शील
रुपन्देही । रुपन्देहीमा जिल्ला अनुगमन समितिले मापदण्ड विपरीतका पेट्रोल पम्प शील गरेको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित ५ वटा पम्पहरूमा आइतबार समितिले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मापदण्ड विपरीत तेल विक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँको लम्साल आयल सप्लायर्समा शील गरिएको छ ।
उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी विक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहेपनि त्यस अनुसार नभएको गुणस्तर नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।
पेट्रोलियम पदार्थ कम र बढी गराएर विक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने गुणस्तर तथा नापतौल ऐनमा व्यवस्था छ ।
‘यदि कसैले नियतवश पेट्रोलियम पदार्थ विक्री गर्दा घटिबढी गरेर विक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ’, झाले भने ।
जिल्ला अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको जानकारी दिए ।
अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्टिव्युटर्स, लुम्बिनी डिजल सेन्टर र एस.के. डिजल सेन्टरमा अनुगमन गरेको थियो ।
उपभोक्तामाथि खेलबाड गर्ने जुनसुकै फर्मलाई कारबाहीको दायरामा ल्याउने उनले जनाए । अनुगमनका क्रममा समितिले पम्पहरूले विक्री गरिरहेको तेलको परिणाम, मेसिनको अवस्था लगायत जाँच गरेको थियो ।
अनुगमन समितिमा जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयका साथै लुम्बिनी प्रदेशको उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी श्यामु अर्याल, घरेलु कार्यालयका प्रतिनिधि, नौपतौलका प्राविधिक लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण