बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नीतिकथा : बुबाले दिएको त्यो हिम्मत

सोमबार, २२ फागुन २०७९, ११ : २३
सोमबार, २२ फागुन २०७९

जीवनमा एक्लो छु, असहाय छु, केही पनि गर्न सक्दिन भन्न थाले वास्तवमै केही पनि गर्न सकिन्न तर एक्लो छैन, गर्न सक्छु, साथमा कोही छन् नभए पनि भगवान् त पक्कै छन्  भन्ने ठानेर निरन्तर काममा लागिरहने हो भने कठिनभन्दा कठिन काम पनि सजिलै गर्न सकिन्छ ।  

धेरै पहिलेको कुरा हो । कुनै सहरमा एउटा बालक रहन्थ्यो । हरेक वर्ष ऊ आमा बाबु आमाको साथ गर्मीको छुट्टीमा हजुर बा र हजुर आमालाई भेट्न जाने गर्थ्यो । उनीहरूको बसाइ अर्कै सहरमा थियो । त्यसैले ऊ बाबु र आमाको साथमा जाने गर्थ्यो । ऊ गर्मीको छुट्टी त्यतै बिताउँथ्यो र स्कुल सुरु भएपछि फर्कने गर्थ्यो । समय बित्दै गयो ऊ पनि केही ठुलो भयो । केही जान्ने सुन्ने पनि भयो । त्यत्तिकैमा एक दिन उसले एक्लै हजुर बा आमालाई भेट्न जाने निधो ग¥यो । 

पहिले त उसका माता पिताले हुँदैन भन्दै एक्लै जान दिएका थिएनन् तर उसले निकै जिद्दी गरेकाले हार्न सकेनन् र स्वीकृति दिए । दिन गन्दागन्दै जाने दिन  आयो । आमाले बाटामा खाने चिजबिज बनाइदिइन् । बाबु चाहिँ पु¥याउन रेल्वे स्टेशनसम्मै पुगे । बालक चल्तापुर्जा थियो । एक्लै जाने हिम्मत गरेकोमा खुसी पनि मानिरहेको थियो ।

रेल छुट्नै लाग्दा बाबुले उसको हातमा एउटा चिठीको खाम दिँदै भने–

‘छोरा यसलाई सुरक्षित राख्नु । जहिले पायो तैले खोल्ने गल्ती नगर्नु । यदि तिमीलाई ज्यादै डर लाग्यो र डर भगाउने अर्को उपाय भएन भने मात्र खोल्नु । त्यहाँ एउटा चिठी पाउने छौ । त्यसलाई पढ्नु र मनन गर्नु है ।’

यति भनेर उसका बाबु हात हल्लाउँदै बाटो लागे । उसले पनि हुन्छ त्यसै गर्नेछु भन्दै चिठी झोलामा राख्यो । रेलले गति लियो । बाटामा धेरै स्टेशनहरू आउने जाने भइरहे । प्रत्येक स्टेशनमा पुराना यात्री ओर्लन्थे नयाँ यात्री चड्ने गर्थे । सबै बालबालिकाका साथमा कोही न कोही अभिभावक हुन्थे । आफू मात्र एक्लै पाएर उसलाई अलिकति डर पनि लाग्यो, मनमा खिन्नता पनि । 

निकै परपुगेपछि एउटा कुनै एक स्टेशनमा निकै डर लाग्दो आकृतिको जीव देख्यो । कालो शरीर, कालो कपडा लगाएको । मुख पनि निकै कालो डर लाग्दो किसिमको थियो । त्यसपछि भने ऊ निकै डरायो । रातको सुनसान समय थियो । सबै यात्री मस्त निद्रामा थिए । यताउता हे¥यो । साथमा कोही पनि नदेखेपछि ऊ निकै डरले कालो नीलो बन्यो र मुख छोपेर सुत्न खोज्यो तर कसै गरे पनि निदाउन सकेन । जति निदाउँछु भन्थ्यो त्यति नै डर लाग्दो आकृति आँखाको अगाडि नाच्न थाल्थ्यो । त्यसपछि रुन कराउन थाल्यो तर के गर्ने ।  सुन्ने कोही थिएन ।

यत्तिकैमा उसलाई बाबुको भनाइ याद आयो । उसले झोलाबाट चिठी निकालेर पढ्यो, जहाँ लेखिएको थियो–

‘बाबु न डराऊ । तिमी एक्लो छैनौ, म पनि साथै छु, यसै डिब्बाको पछिल्लो डिब्बामा बसेको छु ।’

चिठी पढ्ने बित्तिकै उसमा हिम्मत आयो । उसको अनुहार खुसीले नाच्न लाग्यो । त्यसपछि ऊ सजिलै हजुर बा हजुर आमाको घरमा पुुुुग्यो र केही समय बसेर फर्क्यो । वास्तवमा त्यहाँ उसको बाबु थिएनन् । बाबु त सुरूमै विदा भएर घर फर्किसकेका थिए । उनले छोराको हिम्मत बढाउन मात्र त्यस्तो लेखिदिएका थिए । 

वास्तवमा यो एउटा दृष्टान्त हो । म एक्लो छैन, साथमा कोही छन् भन्ने भावना लिने हो भने जहाँ पनि यस्तै नियमले काम गरेको हुन्छ । अरू नभए पनि कम्तीमा साथमा भगवान् छन् भन्ने मात्र भावना लिने हो भने पनि धेरै गर्न सकिन्छ । 

पहिलो कुरा त यस्तो भावनाले एक्लो छैन भन्ने हिम्मत दिन्छन् दोस्रो कुरा नराम्रो काम गर्नबाट बच्न सकिन्छ । कुनै पनि नराम्रो काम गर्ने भनेको लुकेर नै हो । जब साथमा कोही छ भन्ने भावना आउनासाथ त्यस्तो काम गर्ने बुद्धि र विचार आउनै पाउँदैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप