बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएका औषधि वितरण

सोमबार, २२ फागुन २०७९, ११ : ४०
सोमबार, २२ फागुन २०७९

बुटवल । गुल्मीमा  निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधि वितरण भएको पाइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको  निःशुल्क स्वास्थ्य शिविरमा शनिबार वितरण गरिएको औषधि म्याद गुज्रिएको पाइएको हो ।

बुटवलका रहेको चौराहा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा नसा सम्बन्धी रोग परीक्षण तथा उपचारका लागि पुगेकी रेसुङ्गा– ८ निवासी हरिकला  थापालाई ‘एमिजोय १०’ नामक औषधि दिइएको थियो । उक्त औषधिको प्रयोग अवधि गुज्रिएको पाइएको हो ।

अगस्ट २०२१ मा उत्पादन मिति रहेको उक्त औषधिको म्याद जनवरी २०२३ सम्म रहे पनि शिविरमा अहिले वितरण भएको हो । चौराहा अस्पतालका निर्देशक विरु  भण्डारीले आफूहरूले चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीको टोली निःशुल्क स्वास्थ्य शिविरमा पठाएको बताए । केही औषधि सौजन्य रूपमा विभिन्न फार्मेसी तथा कम्पनीबाट लैजाने गरिएको भन्दै उनले म्याद गुज्रिएको औषधि कसरी प¥यो भन्नेबारे आफूले बुझ्ने बताए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले  शिविरमा म्याद गुज्रिएको औषधि वितरण गर्नु गलत भएको बताए । उक्त विषयमा छानबिन गर्न नगरपालिकालाई आफूले निर्देशन दिएको उनले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप