निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएका औषधि वितरण
बुटवल । गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधि वितरण भएको पाइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा शनिबार वितरण गरिएको औषधि म्याद गुज्रिएको पाइएको हो ।
बुटवलका रहेको चौराहा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा नसा सम्बन्धी रोग परीक्षण तथा उपचारका लागि पुगेकी रेसुङ्गा– ८ निवासी हरिकला थापालाई ‘एमिजोय १०’ नामक औषधि दिइएको थियो । उक्त औषधिको प्रयोग अवधि गुज्रिएको पाइएको हो ।
अगस्ट २०२१ मा उत्पादन मिति रहेको उक्त औषधिको म्याद जनवरी २०२३ सम्म रहे पनि शिविरमा अहिले वितरण भएको हो । चौराहा अस्पतालका निर्देशक विरु भण्डारीले आफूहरूले चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीको टोली निःशुल्क स्वास्थ्य शिविरमा पठाएको बताए । केही औषधि सौजन्य रूपमा विभिन्न फार्मेसी तथा कम्पनीबाट लैजाने गरिएको भन्दै उनले म्याद गुज्रिएको औषधि कसरी प¥यो भन्नेबारे आफूले बुझ्ने बताए ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शिविरमा म्याद गुज्रिएको औषधि वितरण गर्नु गलत भएको बताए । उक्त विषयमा छानबिन गर्न नगरपालिकालाई आफूले निर्देशन दिएको उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण