नेपालले दियो यूएईलाई २३० रनको चुनौती
सोमबार, २२ फागुन २०७९, १५ : ४३
काठमाडौँ । यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोललाई २३० रनको चुनौती दिएको छ । दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २२९ रन जोड्दै यूएईलाई उक्त रनको चुनौती दिएको हो ।
नेपालका लागि सर्वाधिक भीम सार्कीले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रनको योगदान गरे । उनको यो राष्ट्रिय टिमबाट पहिलो अर्थशतक हो ।
यसैगरी आरिफ शेख ५६ बलमा २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा नटआउट रहँदा ३२ रन जोडेर कुशल मल्ल आउट भए । सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण