म्याथ्युज चम्किँदा मुम्बईले बैंग्लोरलाई ९ विकेटले हरायो

मुम्बई । वुमन्स प्रिमियर लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ९ विकेटको सहज जीत हासिल गरेको छ । हेली म्याथ्युजको अलराउन्ड प्रदर्शनमा मुम्बई इन्डियन्सले ५ ओभर बाँकी रहँदै लक्ष्य पछ्यायो।
बलिङका क्रममा म्याथ्युजले कप्तान स्मृति मन्धानासहित तीन विकेट लिइन् भने ब्याटिङमा ३८ बलमा अविजित ७७ रन बनाइन् । पहिले ब्याटिङ गरेको आरसीबीको टोली १८.४ ओभरमा १५५ रनको स्कोरमा अलआउट भयो। उक्त लक्ष्य मुम्बई इन्डियन्सले १४.२ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गरेको थियो ।
आरसीबीबाट ओपनिङ गर्न आएकी कप्तान स्मृति मन्धाना २३ रनको व्यक्तिगत स्कोरमा म्याथ्युजको बलमा क्याच आएट भइन् । यसपछि साइका इशाकले लगातार दुई विकेट लिइन् । ४३ रनमा मात्रै आरसीबीको चार विकेट खसेको थियो ।
ओपनिङमा आएका म्याथ्युजले १३ चौका र एक छक्का प्रहार गर्दै ७७ रनमा अविजित रहिन् भने तेस्रो नम्बरमा रहेका स्काइभर ब्रन्टले पनि ५५ रनको अविजित इनिङ खेलिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको पश्चिम एसिया भ्रमण सम्पन्न
-
लुम्बिनी प्रदेशमा राजश्व सङ्कलन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सुरू
-
तीनकुनेको प्रदर्शनस्थलमा खटिएका अधिकृतहरूसहित ३५ प्रहरी कर्मचारीसँग सोधपुछ
-
सरकारले काम दिएन भने हामी सांसदको एक मिनेट पनि कामै छैन : महेश बर्तौला
-
स्रोत नखुलेको ८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ
-
जलवायु परिवर्तनको विषयमा नेपालसँग विश्व प्रतिबद्ध छ : परराष्ट्रमन्त्री