शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा अखिल क्रान्तिकारीले छान्यो पाँच उम्मेदवार

मङ्गलबार, २३ फागुन २०७९, १० : ४४
मङ्गलबार, २३ फागुन २०७९

रुपन्देही । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनहरू चुनावी रणनीति र उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचनको तयारीमा विद्यार्थी नेताहरू जुटेका छन् ।

रुपन्देहीमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले विभिन्न क्याम्पसमा आफ्ना उम्मेदवार घोषणा गर्ने र प्रचार–प्रसार गर्ने कार्यमा जुटेको छ ।  हालसम्म पाँच वटा क्याम्पसमा स्ववियु सभापतिमा उम्मेदवार सर्वसम्मत चयन गरिएको र अन्य क्याम्पसमा समेत गृहकार्य भइरहेको क्रान्तिकारीका जिल्ला अध्यक्ष कपिल चापागाईंले जानकारी दिए । 

अध्यक्ष चापागाईंका अनुसार अखिल क्रान्तिकारी रुपन्देहीले बुटवल बहुमुखी क्याम्पसमा शिव खवास, भैरहवा बहुमुखी क्याम्पसमा मनिष ढकाल, सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा हिमाल खनाल, सहिद नारायण पोखरेल क्याम्पस रामापुरमा नारायण न्यौपाने र देवदह आदर्श बहुमुखी क्याम्पसमा धना पन्थीलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।

रुपन्देहीमा तीन त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र आठ त्रिविबाट सम्बन्धन प्राप्त गरी सहित ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।  नेकपा एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी सहित दर्जनको हाराहारीमा विद्यार्थी सङ्गठनहरू निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । सबै विद्यार्थी सङ्गठनहरू निर्वाचनको तयारीमा लागेको क्रान्तिकारीका विद्यार्थी नेता हिमाल खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप