मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा होली पर्वको शुभकामना
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होली पर्वको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना दिएका छन् । मुख्यमन्त्री यादवले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै होलीको शुभकामना दिएका हुन् ।
उनले समुदायबीच सद्भाव र मेलमिलाप बढाउने यस्ता पर्वहरूले समुदायहरूलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वर्द्धन गर्न पनि अभिप्रेरित गर्ने गरेको बताएका छन् । असत्यमाथि सत्यको विजयको रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गिन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् कामनासमेत मुख्यमन्त्री यादवले गरेका छन् ।
मुख्यमन्त्री यादवद्वारा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, ‘कुमतिको होलीका दहन होस र यहाँहरूको जीवन रसरंगमय, प्रेममय होस र खुसीयालीका साथै आपसी एकता र सद्भाव कायम रही रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण