कानुनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै कठिनाइ छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले कानुनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताएका छन् । मंगलवार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठुलो सङ्ख्यामा महिला प्रतिनिधिहरू नियम कानुन बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको भए पनि अझै पनि मुख्य पदमा महिला र पुरुषलाई कानुनी व्यवस्थाअनुसार कार्यान्वयन हुन भने कठिनाइ देखिएको बताए । सभामुख घिमिरेले अझै आवश्यक मात्रामा मुख्य पदहरूमा ३३ प्रतिशतको महिलाको सङ्ख्या र गुण पुर्याउन नसकेको बताए ।
सभामुख घिमिरेले आर्थिक उन्नतिको लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताए । उनले प्राकृतिक श्रोतलाई संरक्षण र संवर्द्धन गर्दै समाज उपयोगी ढङ्गबाट आर्थिक उपार्जनको क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्ने कुरालाई विशेष जोड दिन आग्रह गरे । उनले वनलाई समाप्त गर्ने खालका घटनाहरू विभिन्न स्थानमा भइरहेको उल्लेख गर्दै वनको संरक्षणसँग बाझिएका ऐनहरू, ऐनको अभावमा नभएका पक्षहरू, ऐन बनाउनुपर्ने कारण र ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताए । सभामुख घिमिरेले वातावरणमा आइरहेको प्रतिकुल परिवर्तनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी अध्यक्ष भारती पाठकले क्रमिक रूपमा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि पर्याप्त हुन नसकेको बताइन् । उनले आर्थिक रूपमा अझै पनि महिलालाई सशक्त बनाउन नसकिएको भन्दै महिलाहरूलाई सुरक्षित बनाउनुपर्ने बताइन् ।
उनले प्राकृतिक श्रोत जोगाउने स्थानीय जनताको प्रमुख भूमिका नहुन्जेल र स्थानीयलाई प्राकृतिक श्रोतका मालिकका रूपमा अस्वीकार गरुन्जेलसम्म प्राकृतिक श्रोतको संरक्षण नहुने जिकिर गरिन् । मंगलवार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासङ्घमा रहेर विभिन्न कालखण्डमा काम गरेका र प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
-
जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु
-
ऐन महरले संसद्मै लगाए ‘मुर्दावाद’ को नारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण