आँपको पात उमालेर पानी पिउँदा स्वास्थ्यले पाउँछ यी पाँच फाइदा
आँप धेरैलाई मन पर्ने फल हो । यसलाई फलफूलको राजा पनि भनिन्छ । तर आँप मात्रै होइन, यसको पात पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँपको पातमा विभिन्न खालका औषधीय गुण हुन्छ । आयुर्वेदमा आँपको पातको प्रयोग विभिन्न स्वास्थ्य समस्या हटाउनका लागि गरिन्छ ।
आँपको पातमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी र एन्टिअक्सिडेन्टको प्रचुर मात्रा पाइन्छ । यसबाहेक यसमा म्यागिफेरिन, गेलिक एसिड, पोलिफेनाल्सजस्ता पोषक तत्त्व पनि पाइन्छन् । धेरै मानिसलाई आँपको पात उमालेर खाँदा थुप्रै गम्भीर रोगबाट बच्न सकिन्छ भन्ने कुरा थाहा छैन । भारतकी आयुर्वेदिक डाक्टर रितु चड्डाले आँपको पात उमालेर पिउँदा स्वास्थ्यमा पर्ने फाइदाबारे जानकारी दिएकी छिन् ।
आँपको पात उमालेर पिउनुका फाइदा
मधुमेहका रोगीलाई आँपको पात उमालेर पिउँदा निकै फाइदाजनक हुनसक्छ । यसमा एन्थोसाइनिडिन नामको टेनिन हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्ने गर्छ । आँपको पातलाई उमालेर पिउँदा मधुमेहको लक्षणबाट छुटकारा पाउन सकिन्छ ।
रक्तचाप नियन्त्रण गर्छ
आँपको पातमा हाइपो टेन्सन गुण हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रित गर्न मद्दत गर्छ । साथै, रक्त वाहीकालाई बलियो बनाउने र फुलेको नसाको उपचारमा पनि मद्दत मिल्न सक्छ ।
दमका बिरामीका लागि लाभकारी
आँपको पातलाई उमालेर पिउँदा दम र साससँग सम्बन्धित रोगमा लाभ मिल्न सक्छ । खोकी र घाँटी दुखाइको समस्यामा पनि आँपको पातको काढा बनाएर पिउँदा फाइदाजनक हुनसक्छ ।
पाचन तन्त्रलाई स्वस्थ राख्छ
आँपको पातलाई उमालेर पिउँदा पाचन तन्दुरुस्त हुनसक्छ । यसले पेटका लागि औषधीको काम गर्छ । यो खाँदा शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । साथै, पेट दुखाई, ग्यास र कब्जियतजस्ता समस्यामा आराम मिल्छ ।
पत्थरीबाट राहत दिलाउँछ
मिर्गौला र पित्त थैलीको पत्थरीको उपचारमा आँपको पातको सेवन लाभदायी हुनसक्छ । नियमित रूपमा आँपको पातलाई उमालेर पिउँदा पत्थरी फुट्ने गर्छ र मूत्र मार्गबाट बाहिर निस्कन मद्दत गर्छ ।
आँपको पात उमालेर पानी कसरी बनाउने ?
एउटा भाँडोमा २५० एमएल पानी लिनुहोस् । यसमा २–३ वटा आँपको पात हालेर पानी आधा नभएसम्म उमाल्नुहोस् । त्यसलाई यसलाई छानेर सेलाउन दिनुहोस् । यसमा मह मिसाएर पिउन सक्नुहुन्छ । दैनिक बिहान यसको सेवन गर्दा बढी फाइदा मिल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण