सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

के रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छन् देउजा ?

मङ्गलबार, २३ फागुन २०७९, १८ : १९
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । अभिनेत्री रेखा थापा र पूजा शर्माले सहकार्यमा फिल्म निर्माण हुन लागेको केही पहिले चर्चा थियो । तर उक्त चर्चा त्यतिकै सेलायो । अहिले फेरि दुवै एकै फिल्ममा देखिने चर्चा चलेको छ । 

निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म नयाँ फिल्ममा यी दुवै एकसाथ अभिनयमा देखिने भएका हुन् । जसको खुलासा अभिनेत्री रेखाले गरेकी छन् । सोमबार होलीको अवसरमा मिडियासँग कुराकानी गर्दै रेखाले ज्ञानेन्द्रको फिल्ममा आफू पूजासँग देखिन लागेको बताइन् ।

फिल्मको हाल कथा लेखन चलिरहेको छ । तीन अभिनेत्रीको मुख्य भूमिका रहने फिल्म दर्शकको रुचिलाई ध्यानमा राखेर निर्माण हुनेछ । फिल्मको नाम जुर्न बाँकी छ ।

निर्देशक ज्ञानेन्द्र अहिले छवि राज ओझाको फिल्म ‘जेल ब्रेकर’ को काममा व्यस्त छन् । यो फिल्म सकिएपछि उनले रेखा र पूजाको नयाँ फिल्म थाल्ने बताइन्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप