के रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छन् देउजा ?
मङ्गलबार, २३ फागुन २०७९, १८ : १९
काठमाडौँ । अभिनेत्री रेखा थापा र पूजा शर्माले सहकार्यमा फिल्म निर्माण हुन लागेको केही पहिले चर्चा थियो । तर उक्त चर्चा त्यतिकै सेलायो । अहिले फेरि दुवै एकै फिल्ममा देखिने चर्चा चलेको छ ।
निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म नयाँ फिल्ममा यी दुवै एकसाथ अभिनयमा देखिने भएका हुन् । जसको खुलासा अभिनेत्री रेखाले गरेकी छन् । सोमबार होलीको अवसरमा मिडियासँग कुराकानी गर्दै रेखाले ज्ञानेन्द्रको फिल्ममा आफू पूजासँग देखिन लागेको बताइन् ।
फिल्मको हाल कथा लेखन चलिरहेको छ । तीन अभिनेत्रीको मुख्य भूमिका रहने फिल्म दर्शकको रुचिलाई ध्यानमा राखेर निर्माण हुनेछ । फिल्मको नाम जुर्न बाँकी छ ।
निर्देशक ज्ञानेन्द्र अहिले छवि राज ओझाको फिल्म ‘जेल ब्रेकर’ को काममा व्यस्त छन् । यो फिल्म सकिएपछि उनले रेखा र पूजाको नयाँ फिल्म थाल्ने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण