दार्चुलामा जिप दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको जिल्ला अस्पताल दार्चुलामा उपचारका मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले बताए ।
मंगलबार बिहान मधेस प्रदेश ०३–००–०३४० नम्बरको जिप महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा खसेको थियो । उनीहरू डुङरी मन्दिरमा पूजापाठ गर्न आएको बुझिएको छ ।
जिप दुर्घटनामा महाकाली नगरपालिका–२ बुढिचौराका २४ वर्षीय जिप चालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन् ।
मख्खनराम नेगी, किरण कुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ। अन्य घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १० जना सवार रहेका थिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण