ऋषि धमलालाई पटमूर्खको उपाधि
काठमाडौँ । सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।
मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमला पटमूर्ख घोषित गरिएको हो ।
आयोजकले उनलाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो ।
मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् ।
त्यस्तै सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, बिभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।
यसैगरी रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, बिरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी र डा। सोनु कुमार साहलाई बज्रकीटलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण