बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोहलपुरमा डुबेर दुई बालकको मृत्यु

मङ्गलबार, २३ फागुन २०७९, २० : ५४
मङ्गलबार, २३ फागुन २०७९

कोहलपुर । बाँकेको कोहलपुरमा नहरमा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल तथा भट्टराई ज्ञानज्योति स्कुलमा अध्ययनरत थिए । 

सिमरी नदीको बन्दा नहरमा नुहाउन गएका पाँचमध्ये दुई जना डुबेको सूचना मृतकका आफन्तले प्रहरीलाई दिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप