हरेक आन्दोलनमा महिलाहरुको निर्णायक सहभागिता : अध्यक्ष नेपाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा महिलाहरुको निर्णायक सहभागिता रहेको बताएका छन् । १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनहरुमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहि आएको बताउँदै महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताए ।
विज्ञप्तिमा उनले भनेका छन् ‘फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ अध्यक्ष नेपालले पछिला दिन विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै विभिन्न कुरितीहरुलाई हटाएर सम्मानवूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण