रुपन्देहीको सालझण्डी–पाल्पा सडक निर्माणको काम अलपत्र
रुपन्देही । बुटवल–पाल्पा सडकको वैकल्पिक सडकको रूपमा रहेको रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सुन्दरढुंगा, छहरा हुँदै तानसेन जोड्ने सड्क निर्माणको काम अलपत्र परेको छ ।
रुपन्देहीको सालझण्डीदेखि सुरु हुने उक्त सडकको पाल्पाको रैनादेवि छहरा गाउँपालिका ७ बल्ढेङ्गढी क्षेत्रबाट काम थालिएको भएपनि हाल अलपत्र परेको हो । गत तीन वर्षअघि ठेक्का लागेको उक्त सडक पक्की गर्ने काममा अवरोध भएको भन्दै ठेकदार कम्पनीले काम रोकेको छ ।
सडकमा पर्ने रुखहरु काट्न वन विभागले रोकेको ठेकेदार कम्पनीले जनाएको छ । तर यो प्राविधिक त्रुटि सच्चाएर सडक निर्माणको काम सुचारु गराउन जनप्रतिनिधिले कुनै पहल नगरेको स्थानीयले आरोप लगाएका छन् । तर निर्माणको ठेक्का पाएको महादेव खिम्ती प्राकृतिक जेभीका ठेकेदार टोपबहादुर रायमाझीले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) मा रुख गणना गर्दा केही विवरण फरक परेको भन्दै वन विभागले काम रोकेको बताए ।
तीन वर्षअघि पहिलो चरणमा २६ करोडको बजेटमा ८ किलोमिटर पक्की गर्ने गरी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले ठेक्का लगाएको थियो । उक्त ठेक्काको समय गत साउनमा सकिएको छ । ठेक्का सम्झौता अनुसार काम सुरु हुनासाथ वन विभागले काम रोकिदिएको आरोप लाग्ने गरेको छ ।
पाल्पा निर्वाचन क्षेत्र नं. २ (ख) मा पर्ने यो सडकको ठेक्का पुनः सुचारु गर्न संघीय सांसद ठाकुर गैर र प्रदेश सांसद तुलाराम घर्ती (वसन्त) ले पहल गर्नुपर्ने स्थानीयले बताएका छन् ।
गाउँपालिका र वडाले समेत दबाब सृजना गर्न नसकेको स्थानीयको गुनासो छ । बल्ढेङ्गढीका कुलबहादुर कार्कीले भने, ‘मुख्यतः जनप्रतिनिधिले प्राविधिक अवरोध हटाएर काम सुचारु गर्न पहल गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन, स्थानीयदेखि केन्द्र तहका जनप्रतिनिधिले सडक निर्माणमा बेवास्ता गरेका छन् ।’
प्रदेशसभामा निर्वाचन जितेर लुम्बिनी प्रदेशको सभामुख बनेका तुलाराम घर्तीले सडक निर्माणको काम अलपत्र हुँदा पनि कुनै पहल नगरेको स्थानीयले आरोप लगाएका छन् । उक्त सडक संघीयको भौतिक पूर्वाधार विकास मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको संयुक्त बजेटमा निर्माण हुन लागेको हो ।
स्थानीय रमेश कार्कीले प्राविधिक त्रुटि सच्याएर सडक निर्माणको काम तत्काल सुचारु गरिनुपर्ने बताए । ठेकेदार रायमाझीले सडक निर्माणको काम मन्त्रीपरिषद्ले निर्णय गरेपछि अगाडि बढ्ने बताए । उनले सडकनिर्माणका लागि यस क्षेत्रका जनप्रतिनिधिले पहल गर्न नसकेको आरोप लगाएका छन् ।
रुपन्देहीको सालझण्डीदेखि ६० किलोमिटरको दुरीमा तानसेन जोडिने यो सडकमा नेपानेदेखि २५ किलोमिटरको दुरीमा रहेको सालझण्डीसम्मको पिच गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण