१०० औं भागको खुसीमा जुठेले गर्यो रीमा सेवा समाजलाई सहयोग
काठमाडौँ । टेलिश्रृखला ‘जुठे’ ले बुधबार १०० आंै भाग मनाएको छ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा बुधबार काठमाडौँको गोल्फुटारमा एक कार्यक्रम गर्दै ‘जुठे’ ले १०० औं भागको सफलताको खुसी सबैमाझ बाँडेको हो ।
उक्त अवसरमा टेलिश्रृखलाको तर्फबाट अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एकलाख रुपैयाँ आर्थिक सहयोग समेत गरिएको थियो ।
कार्यक्रममा कलाकार महजोडीले समाज सुधारका लागि ‘जुठे’ जस्ता टेलिश्रृंखलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । जातीय भेदभाव, थिचोमिचो र समानताका लागि सिरियलले दिएको सन्देश एकदमै सकारात्मक रहेको उनीहरुले धारणा राखेका थिए ।
कार्यक्रममा टेलिश्रृखलाका कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ बल्छी ‘धुर्वे’ले महजोडी र केदार घिमिरे माग्ने बुढाको पाइला पछ्याउँदै आफूहरु अघि बढेको बताए ।
अभिनेता रवि गिरीले ५० वर्षअघिको कथामार्फत आफूहरुले सामाजिक यथार्थ देखाउने प्रयास गरेको बताए ।
राजु मास्टर र बल्छी धुर्वेले निर्देशन गदै आएका सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको अभिनय रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण